नियम ९५
असाधारण पारिवारिक वृत्ति तथा उपदान
(१) कुनै कर्मचारीको सरकारी कामको
सिलसिलामा दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसको कारणबाट निको नहुँदै पछि
मृत्यु भएमा निजको पत्नी वा पतिलाई छुटै आजीवन मासिक पारिवारिक वृत्तिको रूपमा
ऐनको दफा ४८ को उपदफा (२) अनुसारको न्यूनतम निवृत्तभरणको पचास प्रतिशतले
हुन आउने रकम र थप उपदानको रूपमा मृतक कर्मचारीले खाइपाई आएको तलबको
तीन महिनाको रकम एकमुष्ट दिइनेछ ।
(२) कर्मचारीको विधवा पत्नीलाई देहाय बमोजिमको अवस्थामा मात्र मान्यता
दिइनेछ ः-
(क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घट्नु अघि त्यस्तो
कर्मचारीसँग वैवाहिक सम्बन्ध भइसकेको हुन पर्नेछ ।
(ख) कर्मचारीको मृत्यु भएको समयमा निजसँग सँगोलमा बसेको हुनु
पर्नेछ ।
(३) विधवा पत्नी नभएमा वा पतिको मृत्यु अघि निजबाट छुट्टिसकेको भएमा वा
त्यस्तो विधवा पत्नीको पुनर्विवाह हुनु भन्दा पहिले जन्मेको निज मृतक कर्मचारीको
सन्तति वा धर्मपुत्रलाई उपनियम (१) मा तोकिएको पटके उपदान दामासाहीले एकमुष्ट
दिन सकिनेछ । तर अठार वर्षभन्दा कम उमेरका सन्तति वा धर्मपुत्र रहेछन् भने
निजहरूको गुजाराको निमित्त नेपाल सरकारले निजहरूलाई अठार वर्ष उमेर
नपुगुन्जेलसम्मको लागि दामासाहीले विधवा पत्नीले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई
तिहाईमा नबढ्ने गरी मनासिव ठहराएको दरले थप पारिवारिक वृत्ति पनि दिन सक्नेछ ।
(४) मृत कर्मचारीको विधवा पत्नी वा विधुर पति, सन्तति वा धर्मपुत्र रहेनछन् र
निज कर्मचारीको आश्रित आमा बाबु दुबै वा तीमध्ये कुनै एक रहेछन् भने निजहरूको
गुजाराको निमित्त विधवा स्त्रीले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने
गरी आजीवन पारिवारिक वृत्ति पनि दिन सकिनेछ ।
(५) मृत कर्मचारीको विधवा पत्नी, विधुर पति वा सन्ततिको हकमा कुनै विवाद
भएमा नेपाल सरकारले उचित र न्यायसँगत तरिकाबाट कारबाही गर्न सक्नेछ ।
(६) मृत्त कर्मचारीको विधवा पत्नी, सन्तती, धर्मपुत्र वा आमा बाबु कुनै रहेनछन्
र त्यस्तो कर्मचारीको आश्रित दाजु भाइ वा अविवाहिता दिदी बहिनीहरू वा तीमध्ये कुनै
रहेछन् भने निजहरूको गुजाराको निमित्त नेपाल सरकारले मनासिव देखेको अवधिसम्मको
लागि दामासाहीले विधवा स्त्रीले पाउने पारिवारीक वृत्तिको अङ्गको दुई तिहाईमा नबढ्ने
गरी मनासिव ठहराएको दरले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ ।